अध्ययनले भन्छ : कोरोनाबाट थप सवा करोडको मृत्यु हुन्छ

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) कारण विश्वभर अकल्पनीय नोक्सान हुँदै आइरहेको छ । तीव्र विकास भएका देशहरू अमेरिका, बेलायत, इटाली, ब्राजिल जस्ता देशहरूमा स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगेको छ । नेपालको छिमेकी देश भारतमा समेत कोरोनाका कारण दैनिक हजारौँ मानिसले ज्यान गुमाउँदै आएका छन् ।
नेपालकै अर्को छिमेकी देश चीनको वुहान शहरबाट फैलिएको कोरोनाका कारण विश्वभर करिब ३४ लाख मानिसले ज्यान गुमाइसकेका छन् । यस्तै, १६ करोड २५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यसैबीच करोडौँको संख्यामा कोरोनाविरूद्धको भ्याक्सिन लगाउँदै आएका छन् ।
धनी देशको तुलनामा गरिब देशमा पर्याप्त कोरोनाको भ्याक्सिन प्राप्त हुन नसक्दा यसको अवस्था थप जटिल हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताउँदै आएको छ । इकोनोमिक मोडलले कोविड-१९ का कारण विश्वभर थप ७१ लाखदेखि एक करोड २७ लाख मानिसको मृत्यु हुन सक्ने रिपोर्ट तयार पारेको छ । माडलका अनुसार भारतमा मात्रै थप १० लाख मानिसको मृत्यु हुने देखाएको छ ।
इकोनामिक मोडलले दुई सय देशको एक सय २१ संकेतका आधारमा अध्ययन गरेको जनाएको छ । जसमा संक्रमितबाट मृत्यु हुने दर, जनसंख्याको आयु, परीक्षाण दर, संक्रमित देखिने दरलगायत रहेका छन् ।
उदाहरणका लागि रूसमा कोभिड-१९ बाट मृत्यु हुने सरकारी संख्याभन्दा अधिक मानिसको मृत्यु भएको थियो । यसको अनुपात ५ः१ गुणा रहेको समाचारमा जनाइएको छ । कोरोनाबाट गरिब देशमा बढी प्रभाव परेको छ तर, धनी देशमा कोरोनाबाट मृत्यु हुनेको दर उच्च रहेको छ । मोडलको रिपोर्टले करिब ६७ लाख मानिसको मृत्युलाई गन्ती नगरेको दाबीसमेत गरेको छ । यो संख्या अधिक मात्रामा गरिब तथा मध्यम आय भएको देशमा रहेका छन् । एजेन्सीको सहयोगमा










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया