गच्छदारकाे पत्नीकाे निधनप्रति माधव नेपालले दिए श्रद्धाञ्जलि
मेरोन्यूज
२०७८ जेठ १ गते १६:५८

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको पत्नी निर्मला गच्छदारप्रति नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले श्रद्धाञ्जलि दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका हुन् ।
कांग्रेसका उपसभापति गच्छदारकी श्रीमतीको उपचारका क्रममा शनिबार बिहान ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । कलेजोको समस्या देखिएको उनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
‘नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पत्नी निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको खबर सुन्दा दुःख लागेको छ,’ नेता नेपालले लेखेका छन्, ‘शोकको घडीमा गच्छदारलगायत परिवारजनमा हार्दिक समवेदना र स्व. निर्मला गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि ।’
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया