अक्सिजन उत्पादन शुरू गराउन आग्रह

जनकपुरधाम । सङ्कट व्यवस्थापन समिति धनुषाले अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्ने आवश्यकतातर्फ ध्यानाकर्षण गराएको छ । समितिको आज यहाँ बसेको बैठकले सोका लागि चालु भेन्टिलेटर , आइसियू तथा खपत भएका श्यया सङ्ख्याका अद्यावधिक विवरणका आधारमा छुट्टै अभिलेख राखी पारदर्शी रूपमा व्यवस्थापन गर्नु पर्ने खाँचौ औल्याएको छ ।
समितिले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ मा निर्माणको अन्तिम चरणमा पुगेको एसआरजे ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापि न्यूनताका अवस्थामा यथाशीघ्र निर्माण कार्य सम्पन्न गरी उत्पादन शुरू गराउन सबै निकायलाई सहयोगका लागि आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका समितिद्वारा जनकपुरधाममा निर्माणको अन्तिममा पुगेको ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापी न्यूनताका अवस्थामा शुरू गर्न विद्युत जडानको कार्य द्रूत गतिमा अगाडि बढाउन प्रक्रियागत कार्य सम्पादन गर्ने निर्णय गरिएको छ ।
प्रादेशिक अस्पताल जनकयुरधाममा सञ्चालित कोरोना अस्पतालमा कोरोना संक्रमितको उपचारमा अत्यावश्यक मेडिकल तथा सर्जिकल सामग्रीको अभाव हुन थालेको र शीघ्र आपूर्ति गर्नु पर्ने भनि सो अस्पतालबाट अनुरोध भई आएकाले महामारीको विद्यमान अवस्थामा सार्वजनिक खरिद ऐन विशेष अवस्थामा खरिद गर्न सकिने खरिद प्रक्रिया अवलम्बन गरी अधिकतम पारदर्शी खरिद र आपूर्ति व्यवस्थाका लागि समितिले सहमति दिएको छ ।
समितिद्वारा जिल्लामा महामारी बढ़दै संक्रमण र मृत्युदरको वृद्धि सन्दर्भमा नियन्त्रण र रोकथामका लागि सबै क्षेत्रमा समन्वयात्मक रूपमा प्रयास अगाडि बढ़ाउन अस्पताल र श्यया व्यवस्थापन , अक्सिजन आपूर्ति र वितरण ,एम्बुलेन्स र शववाहन व्यवस्थापन,मेडिकल सर्जिकल सामग्री आपूर्ति व्यवस्थापन र संकमित मृतकको शव व्यवस्थापन समिति पनि गठन गरिएको छ । रासस
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया