एकैदिन ५ हजार ४८८ जनाले जिते कोरोना
मेरोन्यूज
२०७८ जेठ १ गते १७:५४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४८८ जनाले कोरोना भाइरस (कोभिड–१९)बाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कोरोनाबाट निको हुने संख्यासहित देशभर कोरोना निको हुनेको कूल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । यस्तै, ४ लाख ४७ हजार ७०४ जना संक्रमित भएका छन् ।
आज एकैदिन देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ८७ जना भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउने संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २ हजार १४६ छन् भने ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया