यस्ता व्यक्तिलाई कोरोनाबिरुद्धको भेरोसेल दोस्रो डोज तत्काल नदिइने

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । उक्त खोप बिहान १ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउँन सकिन्छ । काठमाडौं महानगरका नजिकैका वडामा गएर आफ्नो पालो दिन खोप लगाउँन सकिनेछ । खोप अभियान जेष्ठ ११ गतेसम्म चल्ने छ ।
गत चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप लगाएकाहरुले दोस्रो मात्रा दिन आजबाट लागिएको हो । चैत २५ पछि खोप लगाए पनि संक्रमण भएका र अहिले कोरोनाको लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप तत्काल नदिइने काठमाडौं महानगरको जनस्वास्थ्य विभागले जनाएको छ ।
विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार कोरोनाका कुनै पनि लक्षण देखिएका व्यक्तिहरुका हकमा अर्को निर्णय भएपछि मात्र खोप सञ्चालन गरिने छ । अहिलेको खोप चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसयता कोरोनाको संक्रमण नभएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको उनले मेरो न्यजुलाई जानकारी दिए ।
















इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया