महोत्तरीमा एक बिहानै तीन संक्रमितको मृत्यु, अवस्था भयावह बन्दै

महोत्तरी । महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए ।
उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।
तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।
त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए ।रासस
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया