शिक्षक महासंघद्वा दोस्रो चरणको आन्दोलका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ । जेठ ५ गते नेपाल शिक्षक महासंघको मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्र पठाएर ध्यानाकर्षण गराउने जनाएको छ ।
खुलापत्र हरेक शिक्षक कर्मचारीले पाँच गते आफ्नो फेसबुक वालमा शेयर गर्नुपर्ने छ । नेपाल शिक्षक महासंघको सुचना अनुसार जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिइयोस्, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारा पठाउनु पर्ने छ ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यक्रमको तालिका सार्वजनिक गर्दै जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरक्रिया तथा छलफल गर्ने बताए । जेठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी बाँधेर फोटो खिचि उक्त फोटो फेसबुक वालमा पोस्ट गर्ने महासंघले सार्वजनिक गरेको सूचनामा जनाएको छ ।
जेठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने कार्यक्रम रहेको छ । महासंघका माग पुरा नभएमा जेष्ठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ ।

















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया