पूर्व राष्ट्रपति ओबामाले बनाउने चलचित्रको तेन्जिङका लागि अडिसन सुरु

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले नेटफ्लिक्सको सहकार्यमा सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा फिल्म बनाउँदैछन् । नेपालस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति तेन्जिङ ऐतिहासिक रहेकाले जीवनी फिल्म बनाउन लागको नेटफ्लिक्सले जनाएको छ ।
सुरुवाती चरणमा तेन्जिङको खोजी भइरहेको र केही महिनासम्म अडिसन चल्ने छ । आवेदन दिनेको शारीरिक ढाँचा खेलाडी शैलीको हुनुपर्ने उल्लेख गरिएको छ ।
२०२२ मा फिल्मको छायांकन नेपाल र न्यूजिल्यान्डमा हुने छ । जेनिफर पिडमद्धारा फिल्मको निर्देशन हुनेछ । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई देखाउने फिल्मको मुख्य उद्देश्य छ ।

तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो । सन् २००३ मा इद डग्लासले लेखेको ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित भएर निर्माण हुन लागेको हो ।
कम्पनीको बेवसाइटमा अभिनयको अनुभव नहुनेलाई पनि कास्टिङको मौका दिइने जनाइएको छ । २५ देखि ४० वर्ष उमेर समुहका तिब्बत, शेर्पा र नेपालीले अडिसनका लागि आवेदन दिन सक्नेछन् । तेन्जिङको जीवनीको मुख्य पात्रको विश्वभरबाट खोजी सुरु भएको छ ।
तेन्जिङ नोर्गेको भूमिकाका लागि अडिसनका लागि यसमा निवेदन दिनुस् ।
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया