‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’

महोत्तरी । महोत्तरीको बर्दिबासमा नागरिकस्तरमा गठित कोभिड–१९ व्यवस्थापन समितिले भोकालाई खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याएका छन् । अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मी, पैदलयात्री र महाव्याधीले रोजगारी गुमाएर भोकभोकै बस्नपर्ने अवस्थाका गरीबलाई खाजा, खाना खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।
बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास हेल्प फाउण्डेशन र रोटरी क्लब अफ बर्दिबाससहितका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको पहल कदमीमा ‘खाद्य बैंक’ सञ्चालन गरिएको हो । महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित कोभिड–१९ व्यवस्थापन समितिले ‘खाद्य बैंक’ सञ्चालनका लागि उपसमिति नै गठन गरेको छ । खाद्य बैंक’ मा आवश्यक खाजा, खाना व्यवस्थापनका लागि बर्दिबास उद्योग वाणिज्य सङ्घले महाव्याधीको असहज परिस्थिति रहुञ्जेल रासनको आपूर्तिको जिम्मेवारी लिएको छ ।
“हामीले समितिलाई सहयोग गर्न सबै उपकारी मनहरुसँग सार्वजनिक अपिल नै गरेका छौँ” ‘खाद्य बैंक’ व्यवस्थापन उपसमितिका संयोजक रेवन्त कार्कीले भने, “गर्नेले मन फुकाएर सहयोग गरिरहेका छन् ।” खाजा, खाना पूर्वपश्चिम राजमार्ग, अस्पताल परिसरका अतिरिक्त भोका मान्छे वरपर कहीँ छन् भन्ने थाहा पाउनासाथ तयारी खाजा र खाना पु¥याइने गरिएको संयोजक कार्कीको भनाइ छ । समितिले आफ्नो व्यानरमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मुख्य नारा नै बनाएको छ । समितिले कोभिड–१८ प्रभावितलाई निःशुल्क एम्बुलेन्स सेवा, घरघर पुगेर प्रभावित परिवारलाई मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री वितरण गर्नुको साथै र केही पर्दा ‘हामी छौँ’ भनेर ढाडस दिने गरेको समितिका अध्यक्ष थापाले बताए ।
“दुःख आपदका बेला ल, चिन्ता नगर्नुहोस् , हामी छौँ नि १ यति कुराले पनि प्रभावित परिवारलाई राहत हुँदो रहेछ” समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य थापाले भने, “निकै संक्रमण बढेको बर्दिबास–५ चेरुमा पुगेर संक्रमित र उहाँहरुका परिवारलाई भेट्याँै, उहाँहरुले राहत महसुस गर्नु भएको हाम्रो ठम्याइ छ ।” समितिले विभिन्न सामाजिक सङ्घ संस्थासँग समन्वय गरेर अक्सिजनको आवश्यकता रहेका बिरामीलाई सोको आपूर्ति पनि गर्दै आएको छ । हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ अभियानमा रोटरी क्लब अफ बर्दिबासले दुई लाख, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउण्डेशनले एक लाख ५० हजार सहयोग गरेको समितिले जनाएको छ ।
यसैगरी हेल्थ फाउण्डेशन महोत्तरीले सङ्क्रमितहरुका लागि स्वास्थ्य सामग्री र आवश्यक औषधि उपलब्ध गराउँदै आएको अध्यक्ष थापाको भनाइ छ । समितिले एक दिनपूर्व जिल्लामा क्रियाशील पत्रकारहरुका लागि मास्क र सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । त्यसैगरी समितिमा आवद्ध बर्दिबास हेल्प फाउण्डेशनले नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखालाई विपद् कोष सञ्चालनार्थ ५० हजार नगद उपलब्ध गराइसकेको छ ।
अप्ठ्यारो र असहज परिस्थितिबीच सामाजिक सङ्घसंस्थाले बढाएका सकारात्मक पहल कदमीको आम सर्वसाधारणले निकै सराहना गरेका छन् । “आपद्विपद् परेका बेला सम्झी घरघर पुगेर सकेको मद्दत गरेका छन्” बर्दिबास–२ बुद्धचोकका बासिन्दा स्थानीय गायत्री आचार्यले भने, “यिनीहरुको जय होस् ।” रासस









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया