जीवन रक्षाको माग गर्दै स्वास्थ्य मन्त्री र कांग्रेसका सचेतकबीच वार्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई फोन गरी कोरोना भाइरस (कोभिड १९)बारे जानकारी लिएका छन् । उनले सरकारले कोभिड १९ रोकथाम, न्युनीकरण तथा उपचारबारे मन्त्री त्रिपाठीलाई फोन गरी जानकारी लिएका हुन् ।
यस्तै सचेतक खाणले नागरिकको जीवन रक्षा गर्न सरकारले आफ्नो दायित्व पूरा गर्नु पर्ने धारणा राखेका थिए । साथै उनले विदेशबाट खोप आयात गर्नु पर्नेबारेमा ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी सचेतक खाणले देशभर अक्सिजनको अभावमा संक्रमितले अकालमा ज्यान गुमाउनु परिरहेको मन्त्रीलाई स्मरण गराएका थिए । उनले अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिण्डर आयात गर्ने र उत्पादक कम्पनीसँग सहजीकरण गर्न अनुरोध गरेका थिए ।
उनले सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानी गर्न प्रबन्ध गरी सहजीकरण गर्नु पर्नेमा जोड दिए ।















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया