जीवन रक्षाको माग गर्दै स्वास्थ्य मन्त्री र कांग्रेसका सचेतकबीच वार्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई फोन गरी कोरोना भाइरस (कोभिड १९)बारे जानकारी लिएका छन् । उनले सरकारले कोभिड १९ रोकथाम, न्युनीकरण तथा उपचारबारे मन्त्री त्रिपाठीलाई फोन गरी जानकारी लिएका हुन् ।
यस्तै सचेतक खाणले नागरिकको जीवन रक्षा गर्न सरकारले आफ्नो दायित्व पूरा गर्नु पर्ने धारणा राखेका थिए । साथै उनले विदेशबाट खोप आयात गर्नु पर्नेबारेमा ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी सचेतक खाणले देशभर अक्सिजनको अभावमा संक्रमितले अकालमा ज्यान गुमाउनु परिरहेको मन्त्रीलाई स्मरण गराएका थिए । उनले अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिण्डर आयात गर्ने र उत्पादक कम्पनीसँग सहजीकरण गर्न अनुरोध गरेका थिए ।
उनले सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानी गर्न प्रबन्ध गरी सहजीकरण गर्नु पर्नेमा जोड दिए ।











प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया