वरिष्ठ साहित्यकार सुवेदीको कोरोना संक्रमण कै कारण निधन
मेरोन्यूज
२०७८ जेठ ३ गते ९:२७

काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।
त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक भएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया