कोरोनाबाट चितवनमा ११ जनाको मृत्यु

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना जिल्लाका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आउने रहेका छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका ९ का ५० वर्षीय पुरुष, चितवनको खैरहनी नगरपालिका ९ की ५४ वर्षीया महिला, रुपन्देहीको सियारी गाउँपालिका ४ की ३४ वर्षीया महिला, भैरहवा नगरपालिका ८ का ५० वर्षीय पुरुष रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट चितवनकै राप्ती नगरपालिकाका १ का ५० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका ९ का ३२ वर्षीय पुरुष, अर्घखाँचीको भूमिकास्थान नगरपालिका ९ का ३० वर्षीय पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका ५ का ३५ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् ।
कोरोनाबाट रुपन्देहीकै कालिका नगरपालिकाका १० का ४९ वर्षीय पुरुष र चितवनका माडी नगरपालिका ५ का ६० वर्षीय वृद्ध रहेका छन् ।
















वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया