प्रहरीद्वारा थप १६१ अक्सिजन सिलिण्डर संकलन

काठमाडौँ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १६१ अक्सिजन सिलिण्डर संकलन गरिएको छ । तीमध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिण्डर रहेका छन् ।
संकलन गरिएका १६१ वटा र यसअघिको स्टक रहेका ८६ वटा गरी जम्मा २ सय ४७ वटा सिलिण्डरमध्ये सोमबार १४९ वटा कोरोना भाइरस (कोभिड–१९) अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका ९८ वटा अक्सिजन सिलिण्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखेर आवश्यकताअनुसार वितरण गरिने प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघ संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास बेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिण्डर संकलन गरी उपलब्ध गराइएको हो ।
नेपाल प्रहरीको सक्रियतामा गत बैशाख २६ गतेदेखि हालसम्म जम्मा ८ हजार ९०९ सिलिण्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिण्डर छन् । त्यस्ता सिलिण्डरहरू उपलब्ध गराई सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया