भारतमा पूर्व मन्त्रीकी प्रेमिकाले गरिन आत्म हत्या, सुसाइड नोट फेला

काठमाडौँ । भारतको मध्य प्रदेशका पूर्व वन मन्त्री तथा कांग्रेसका सांसद उमंग सिंघारकी प्रेमिकाले शाहपुरास्थित घरमा आत्महत्या गरेकी छन् । सिंघारकी प्रेमिका ३९ वर्षीय सोनिया भारद्वाजले आत्महत्या गरेकी हुन् ।
आत्म हत्या गर्नु पूर्व उनले एक ‘सुसाइड नोट’समेत छाडेकी छन् । प्रहरी अधिकृत राजेश सिंह भदौरियाका अनुसार उनीहरूको चाँडो विवाह हुने तयारी भएको थियो । तर, विवाह कहिले हुने भन्ने मिति यकिन हुन सकेको थिएन ।
सोनियाका आफन्तका अनुसार उनले तेस्रो विवाह गर्ने तयारी गरेकी थिइन । यसअघिको पतिसँग उनको सम्बन्ध विच्छेद भइसकेको थियो ।
प्रहरीले आत्म हत्याका बारेमा अनुसन्धान सुरू गरेको छ । यसका लागि आत्म हत्याको रिपोर्ट र सुसाइड नोटलाई आधार मान्ने भएको छ । प्रहरीले सोनियाको परिवारसँग समेत यस विषयमा कुराकानी गरिसकेको छ । उनी घरमा आमा र छोरासँगै बस्दै आएका थिए । एजेन्सी
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया