आजको राशिफलः ज्येष्ठ ४ गते मंगलबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ४ गते मंगलबार, वैशाख शुक्लपक्षको षष्ठी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
मनमा दृढता बढ्न जाने छ । अन्योलताले सताउने छैन् । समय अनुकुल रहेकाले शुभ खवरहरु प्राप्त हुने छन् । परिवारमा समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । तर बोलीमा भने अलि कडापन आउने भएकाले ध्यान दिनु होला । पेशा ब्यवसायमा पनि सकारात्मक समय चलिरहेको छ ।
वृष
मेहनत र पराक्रमी कार्यमा मन लाग्ने छ । दृढ ब्यक्तित्व हुने छ । जसका कारण अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवन र व्यवसायमा सकारात्मक अवस्था रहेको छ । साझेदारीमा गरिएका कामहरुमा भने केही अन्योलता देखा पर्ने भएकाले ध्यान दिनु होला । दाम्पत्य जीवनमा केही कटुता बढ्ने छ ।
मिथुन
परिवारप्रति समर्पित हुन मन लाग्ने छ । परिवारमा प्रेम, शितलता र शान्ति सृजना हुने छ । बोलीमा मधुरता सिर्जना हुने छ । आम्दानीमा हुने साथले व्यक्तिमा हल्का दृढता विकास हुने छ । तर रिस छिटो छिटो उठ्ने भएकाले यस बारेमा संयमित हुनु होला । आत्मबलमा पनि केही कमि आउने छ ।
कर्कट
अरुले तपाईबाट सितलता महशुस गर्ने छन् । नरम खालको व्यक्तित्व बन्ने छ । मनमा दृढता आउने छ, अन्योलता हुने छैन् । पेशागत जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा केही वादविवाद जस्तो देखिएता पनि एकअर्कामा साथ पाइने छ । भाग्यहिनताको आभाष हुने छ ।
सिंह
कार्यालय तथा व्यवसायका कामहरुमा मन लाग्ने छ । व्यवसायमा पनि एक हदसम्मको सकारात्मकता देखिन्छ । कर्मप्रति केन्द्रीत हुने समय रहेको छ । तर मनमा भने निकै उदासिनता बढ्ने छ । निर्णय क्षमतामा कमि आउँदा अरुले अन्योलग्रस्त मानिस भनि चित्रण गर्ने छन् । साझेदारीमा गरएका कामहरुमा अवरोधहरु आउने छन् ।
कन्या
कमाईप्रति मन दृढ हुने छ । भाग्यको बलियो साथ रहेकाले समय सकारात्मक बन्न पुगेको छ । आम्दानीमा वृद्धि हुने छ । पेशागत जीवनमा भने केही अवरोधहरु देखा पर्ने भएकाले संयमित रहँदा ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा टकराव उत्पन्न हुने छ । दाम्पत्य जीवनमा पनि असमझदारी बढ्न जाने छ ।
तुला
जीवनसाथी र परिवारका सदस्यहरुको साथले भाग्योदय हुने भएकाले उनीहरुको साथ लिएर काम गरेको खण्डमा सफलता प्राप्त हुने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । नेतृत्व क्षमतामा भने गिरावट देखा पर्ने छ । यसले गर्दा अरु मानिसहरुले तपाईलाई कमजोर आँकलन गर्ने छन् । अन्योल खाले व्यक्तित्व हुन जाने छ ।
वृश्चिक
भविष्यको चिन्ताले मनमा डर पैदा गरिदिने छ । भाग्यको साथ रहेकाले कठिनाईसँग जुध्न तागत मिल्ने छ । तर मनमा भने अलि नकारात्मक विचार निरन्तर आइ रहने छ । शारीरिक कमजोरी देखा पर्ने छ । मनोबलको कमि हुन जाने भएकाले दृढताको अभाव हुने छ । आगोजन्य विषयमा निकै सतर्क रहनु होला ।
धनु
मनमा खिन्नताको मात्रा अस्वाभावि बढ्न पुग्ने छ । खालि रुन मन लाग्ने छ । चिसोले अत्याधिक सताउने भएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा वादविवाद चर्किन पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि भनाभन हुने भएकाले धैर्यतासाथ काम गर्नु होला । कार्यालय तथा काम गरेको ठाउँबाट पाउनु पर्ने पारिश्रमिक पाउन कठिनाई व्यहोर्नु पर्ने छ ।
मकर
परिवारमा मिलन हुने छ । प्रतिस्पर्धात्मक स्वभावमा वृद्धि हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ, दाम्पत्य जीवनमा शान्ति छाउने छ । आम्दानीमा भने केही गिरावट आउने छ । दृढ खाले व्यक्ति हुनुका साथै रिस धेरै उठ्ने भएकाले यसबारेमा ध्यान दिनु होला । जीवनसाथीको साथले समस्यासँग जुध्न तागत मिल्ने छ ।
कुम्भ
अत्याधिक धेरै सोचाईहरु आउने छन् । यसले अन्योलता बढाई दिने छ । मनमा दुविधाले अत्याधिक सताउने छ । आम्दानीमा भने वृद्धि हुने भएकाले केही सन्तोष मिल्ने छ । बौद्धिकतामा वृद्धि हुने छ । उद्योग व्यवसायमा श्रम समस्या देखा पर्ने छ । पेशागत जीवनमा स–साना समस्याले बाधा अवरोध निम्त्याउने छ ।
मीन
चलायमान दिमाग हुने छ । अध्ययन अध्यापनमा मन जाने छ । व्यक्तित्वमा भने दुविधात्मकता बढ्ने छ, यसले निर्णय क्षमतामा ह्रास ल्याउने छ । आम्दानीमा थोरै भए पनि वृद्धि हुने छ । भाग्यको साथ कम रहेकाले कार्य सफलता हुने छैन्, यसले निराशाका भावहरु बढ्न पुग्ने छन् । मेहनत र पराक्रमी भावनामा भने वृद्धि हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया