कर्णालीमा शव व्यवस्थापनको सामग्री अस्पताल आफैंले व्यवस्थापन गर्ने

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैंले किन्ने भएको छ ।
यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउने गरेको थियो ।
शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि अब प्रदेश अस्पताल आफैंले मट्टितेल, कैंची, डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
उनले भने, “उपचारका क्रममा कोरोना सङ्क्रमितहरुको मृत्युले आफन्त शोकाकुल हुन्छन् । त्यही बीचमा शव व्यवस्थापनको सामग्री किन्न लगाउँदा झन पीडा थपिएको महसुस गरेका छौँं। शोक र निषेधाज्ञाको अवधिमा झन दुःख दिने काम भएकाले अस्पताल प्रशासनले आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य गरिदिएको छ ।”
आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चुनौतीपूर्ण भएकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ ।
अब कोरोना सङ्क्रमणबाट आफन्त गुमाएर शोकमा डुबेका र आर्थिक अभाव भएका परिवारलाई राहत मिल्ने भएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया