अरब सागरको ताऊ आँधीमा फसे ४ पानी जहाज

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को महामारीबीच भारतमा ताऊ आँधी सुरू भएको छ । आँधीका कारण मुम्बाईको समुन्द्रमा ४ वटा पानी जहाज फसेका छन् ।
आँधीमा फसेको जहाजमा रहेका कूल ७ सय १० जनामध्ये २ सय १५ जनाको उद्धार गरिएको छ । मुम्बई शहरभन्दा करिब एक सय १७ किलोमिटर टाढाको दुरीको हीरा क्षेत्रहरूमा बार्ज पि-३०५ को उद्धार कार्य जारी रहेको छ । यस जहाजमा २ सय ७३ जना रहेका थिए । जसमा एक सय ७७ जनाको उद्धार गरिसकेको छ ।
बार्ज पि-३०५ को उद्धारमा आइएनएस कोलकाता र आइएन एस कोच्ची सामेल भएका थिए । अबको केही घण्टामा बाँकी मानिसहरूको पनि उद्धार गरिसक्ने समाचारमा जनाइएको छ ।
यसबाहेक बार्ज गाल कन्स्ट्रक्टरमा एक सय ३७ जना सवार रहेका थिए । जसमा ३८ जनाको उद्धार गरिसकेको छ । समाचारमा जनाइएअनुसार आँधीमा फसेको ४ जहाजमध्ये २ वटामा मात्रै उद्धार टोली पुग्न सफल भएका छन् ।
समुन्द्रमा फसेको २ जहाजको अवस्था कस्तो ?
नौसेनाका प्रवक्ता मेहुल कर्णिकका अनुसार बार्ज पि-३०५ जहाजको उद्धार द्रुत गतिमा भइरहेको छ । यस जहाजमा भएका सबै मानिसलाई चाँडोभन्दा चाँडो सुरक्षित तरिकाले निकाल्न सकिने भएको छ ।
यस्तै, बार्ज गाल कन्स्ट्रक्टरमा फसेका मानिसहरूको उद्धार पनि तीव्र गतिमा भएको नौसेनाका प्रवक्ता कर्णिकले बताए । यसका लागि थप उद्धारको टोली यस जहाज नजिक पुगिसकेको उनले बताएका छन् ।
यसैगरि, आँधीमा फसेको बार्ज एसएस-३ र सागर भूषण जहाजको अहिलेसम्म उद्धार गर्न समस्या भएको समाचारमा जनाइएको छ ।
बार्ज एसएस-३ मा एक सय ९६ जना सवार रहेका छन् भने सागर भूषणमा एक सय एक जना सवार रहेका छन् । यो दुवै जहाज पिवाव पोर्टभन्दा ५० नटिकल माइल टाढा दक्षिण-पूर्वमा रहेको छ । यी दुवै जहाजको उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । यसका लागि नौसेनाको सर्विलान्स एयरक्राफ्ट पि८आई हेलिकप्टरहरू पुगेका छन् । एजेन्सी










यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया