पूरा जीवन दुखेको छ : निर्देशक लामिछाने
मेरोन्यूज
२०७८ जेठ ४ गते १७:२०

काठमाडौँ । कोरोना संक्रमित भएपछि विगत ४ दिनदेखि निर्देशक ऋषि लामिछाने अस्पतालमा उपचार गराइरहेका छन् । उनले अस्पतालबाट सामाजिक संजालमा लेख्दै कहिलेकाही मृत्यु भन्दा जीवन असहज लाग्ने गरेको बताएका छन् । उनले सामाजिक संजालमा मार्फत नै अस्पतालको बसाइ ४ दिन पुगेको जानकारी गराएका छन् । उनले भाबुक स्टार्टस् लेख्दै कोठाका ४ वटा भित्ताले घरी घरी पीडा दिइरहेको बताए ।
उनले भने, ‘असाध्यै असहज र पीडादायी छ । लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ । यहाँ त सपना, विपना र कल्पना पनि दुख्दोरहेछ । पूरा जीवन दुखेको छ । अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी अस्पतालको नबौ तल्लाबाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको छ ।’
निर्देशक लामिछानेसँगै उनकी पत्नी सरिता लामिछाने र छोरी पनि कोरोना संक्रमित भएका छन् ।
सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया