शनिबार, मंसिर २९, २०८१

कांग्रेसले बोलायो संसदीय दल कार्यसमिति बैठक

मेरोन्यूज २०७८ जेठ ५ गते ८:३९

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी संसदीय दलको कार्यसमिति बैठक बोलाएको छ । संसदीय दलका नेता एवंम पार्टी सभापति शेरवहादुर देउवाले आज दिँउसो साढे २ बजे बैठक आवहन गरेका सांसद सुजता परियारले जानकारी दिइन् ।

परियारका अनुसार, दलको कार्यसमिति बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठक समसामायिक विषयमा छलफल गर्न बोलाईएको पनि परियारले बताइन् । कांग्रेसले अव पार्टीले लिने रणनीति तय गर्ने गरी छलफल गर्न चाहेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार दलको कार्यसमिति बैठकले खासगरी प्रधानमन्त्री केपी ओलीले संविधानले ब्यवस्था गरे अनुसार जेठ १५मा बजेट ल्याउनु पर्नेमा १० दिन बाकी छदा सम्म वजेट अधिवेशन आह्रावान गर्न राष्टपतिलाई सिफारिस नगरेको विषयमा केन्द्रीत रहेर छलफल हुनेछ ।

काग्रेसले ओलीले फेरि पनि संसद लाई छलेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको आशंका गरिरहेको छ ।

कांग्रेसको संसदीय दलको कार्यसमिति ९ जनाको छ ।

ओली अहिले आफै संसदको ठूलो दलको हैसियतमा मात्र प्रधानमन्त्री छन् । उनले जेठ मिहनाभित्रै संसदवाट विश्वासको मत लिनुपर्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहेको बेला समेत बस्न लागेको संसदीय दलको कार्यसमिति बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार प्रधानमन्त्री केपी ओली नियुक्त भएका थिए । ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्था छ ।

प्रतिक्रिया