वन समूहसँगै सरकारको लगानीमा काठ उद्योग

जाजकोट । सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ । खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो ।
उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । सामुदायिक वनबाट हरेक वर्ष बूढा रुखहरु ढलेमा र आगलागीबाट नष्ट हुँदा खेर जाने गरेको उनले बताए । विभिन्न चोरी निकासी गरेर व्यक्तिगत नाफा लिने कार्यलाई नियन्त्रण गर्नका लागि पनि काठ उद्योग सञ्चालनमा ल्याइएको केसीको भनाइ थियो ।
उद्योगका लागि भवन निर्माण, उद्योगको क्षेत्र परिसर तारबार र मेसिन खरिद गरी सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म उद्योगमा झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ । रु १ करोड २७ लाखमा मेसिन खरिद गरिएको छ । सबै मेसिन चीनबाट ल्याइएको हो ।
वनबाट निकालिएका काठबाट फर्निचरका सामग्री तथा प्लाइउडको कच्चा पदार्थ बनाइनेछ । चौध वडाका सबै सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन गर्दा वार्षिक करिब २० हजार रूख उद्योगका लागि प्रयोगमा आउने अनुमान गरिएको छ । “एक वर्षमा २० हजार रूख उद्योगमा प्रयोग गर्दा त्यसको मूल्य झन्डै रु दुई अर्ब हुन जान्छ, उद्योगले वार्षिक रु चार अर्बको कारोबार गर्ने लक्ष्य राखेका छ”, नगरप्रमुख केसीले भने ।रासस















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया