एमाले पार्टी बैठक
पार्टी निर्णय अवज्ञा गर्ने कुरा अत्यन्त गम्भिर : एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा बागमतिमा पार्टीका आधिकारिक उम्मेदवार रहेका रामवहादुर थापा (बादल) लाई एमालेभित्रै रहेर मत नदिने र विपक्षमा मत दिनुलाई गम्भिर विषय भएको बताएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष ओलीले बोलाएको आकसिमक स्थायी समिति बैठकले निर्वाचनको समिक्षा गदै त्यस्तो बताएको हो ।
पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा पार्टीकै जनप्रतिनिधीले मतदान गरेको विषय गम्भिर भएको एमालेले बताएको हो ।
माधव नेपाल पक्षले पार्टी उम्मेदवारलाई मत नदिएको सूचना पाएपछि त्यसको समिक्षा गदै एमाले स्थायी समिति बैठकले त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठहर गरेको हो । नेपाल समुहले कांग्रेस, माओवादी गठवन्धनले उम्मेदवार बनाएका डा खिमलाल देवकोटालाई मतदान गरेको आशंकामा ओलीले आकस्मिक स्थायी समिति बोलाएका थिए ।
बैठकपछि एमाले प्रवक्ता समेत रहेका परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने,–‘‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो । त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’
बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत भएको बताएका थिए । ‘पार्टीको उम्मेदवारविरुद्ध उभिने प्रवृत्ति अलिअलि देखिएको छ । त्यो प्रवृत्ति ठीक होइन, संसदीय प्रणालीमा त्यो घातक र स्वीकार्य नहुने प्रवृत्ति हो । त्यसलाई भर्त्सना गर्नुपर्छ’ ओलीको भनाइ थियो ।
जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएर कार्यदल बनेको २ जेठलाई कट अफ डेट मान्न सकिने भन्दै ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’
पार्टी निर्णय अवज्ञा गर्ने कुरालाई अत्यन्त गम्भिरताका साथ लिँदै भत्र्सना गरिएको छ,’ बैठकपछि जारी विज्ञेप्तीमा उल्लेख छ ।
हेर्नुहोस् वक्तब्य
















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया