कोरोनाबाट बच्न अनुष्ठान !

काठमाडाैं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान आयोजना गरिने भएको छ ।
जगद् गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउन अनुष्ठान आयोजना गरिएको जानकारी दिइयो ।
कार्यक्रममा महायोगी सिद्धबाबाले साधनाका लागि निःशुल्क प्रशिक्षक प्रशिक्षण दिन लागिएको बताए । सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोना जस्ता भाइरसबाट मुक्त भइने उनको विश्वास छ ।
पन्ध्र दिनसम्म बिहान पाँच बजेदेखि सात बजेसम्म साधनाको कार्यक्रम राखिएको जनाइएको छ । प्राचीनकालमा वन जङ्गलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी शुरु भएका पद्धतिबाट अहिलेको महामारीको अन्त्य गर्न सकिने महायोगीको भनाई छ ।
कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीलगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिए । यो कार्यक्रमलाई निरन्तरता दिइने पनि सो अवसरमा जानकारी गराइएको थियो ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया