विमान दुर्घटनामा परी नाइजेरीयाका सेना प्रमुखसहित ११ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ९ गते १८:२०

काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको विमानस्थल नजिकै शुक्रबार विमान दुर्घटनामा परी सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अटाहिरुसहित ११ जनाको मृत्यु भएको छ ।
मौसमको खराबीको कारण काडुना अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङको क्रममा विमान दुर्घटना भएको मा परी जनरल इब्राहिम अटाहिरुसहित ११ जनाको मृत्यु भएको हो ।
हालसम्म उक्त दुर्घटनाका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । ब्रिगेडियर जनरल मोहम्मद येरिमाले छिटै नै यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताएका छन् ।
उक्त दुर्घटनामा मृत्यु भएका अन्य सैन्य अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।
५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।
सम्बन्धित


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया