नागरिकता अध्यादेश : यसकारण राष्ट्रघाती छ

राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेशको दफा ३ को उपदफा (४) तथा (५) राष्ट्रियताका लागि निकै घातक छ । दफा ३ को उपदफा (४) ले, “जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले बंशजको नागरिकता” प्राप्त गर्ने तथा उपदफा (५) ले, “बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई” बंशजको नागरिकता दिने प्रावधानले देशको राष्ट्रियता तथा सार्वभौमसत्ता र अखण्डतामा गम्भीर आँच पुग्ने छ ।
हामीले शुरुदेखि नै “जन्मको आधारमा नागरिकता वितरण गर्ने” कार्यको विरोध गर्दै आएको छ । “जन्मको आधारमा” लाखौँ गैर नेपालीले नागरिकता लिन सफल भएका कारण त्यसमा छानवीन हुनु पर्ने र गैर नेपालीहरुले प्राप्त गरेका नेपाली नागरिकता खारेज हुनु पर्ने माग राख्दै संविधानसभा भित्र पनि संघर्ष गरेका थियौं ।
संविधानको जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई बंशजको नागरिकता दिने कथित प्रावधानलाई आधार बनाएर जारी गरिएको अध्यादेशलाई सही मान्न सकिंदैन । संविधान तथा अध्यादेशले २०७२ साल असौज ३ गतेभन्दा अगाडि जन्म भएका अंगीकृत नागरिकका सन्तानलाई “बंशजको नागरिकता” दिने सम्बन्धी व्यवस्था गरेको छ, जुन गलत छ । वि.स. २०१९ र २०४६ साल चैत्र मसान्तलाई आधार वर्ष मानी जन्मका आधारमा दुई–दुई पटक नागरिकता वितरण गरिएकोमा लाखौँ गैर नेपालीले नेपाली नागरिकता लिन सफल भएका छन् ।
अध्यादेशले गरेको व्यवस्था अनुसार २०७२ साल असोज ३ लाई तेस्रो पटक आधार वर्ष मानेर संविधान प्रारम्भ हुनुभन्दा अगाडि जन्मिएका अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने व्यवस्था गरेको छ । यसरी कुनै पनि मुलुकले तीन–तीन पटकसम्म आधार वर्ष (Cut of the year) बनाएर विदेशी नागरिकलाई आफ्नो मुलुकको नागरिकता वितरण गरेको पाइदैन ।
तर नेपालमा आफ्नो सत्ता स्वार्थको संरक्षणका लागि नागरिकतालाई सत्तामा पुग्ने ओजारका रुपमा प्रयोग गरेर राष्ट्रियता को सौदाबाजी गर्ने काम भैरहेको छ । जारी अध्यादेश खारेज नगरिएमा आप्रवासीहरुको जनसंख्याले नेपालको वास्तविक जनसंख्यालाई अतिक्रमण गर्ने छ । वास्तविक नेपालीहरु आफ्नो मुलुकभित्रै अल्पमतमा पर्ने खतरा पैदा भएको छ ।
अध्यादेशको दफा को ३ को उपदफा (५) मा, “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भै नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने” प्रावधानको व्यवस्थाले पनि विदेशी अझ मुख्यतया भारतीयहरुका सन्तानहरुले बंशजको आधारमा नागरिकता पाउने बाटो खोलिएको छ । हाम्रो सामाजिक तथा आर्थिक अवस्थाका कारण बाबुको पहिचान हुन नसक्ने कतिपय विशिष्टतालाई सम्बोधन गर्नका लागि स्थानीय प्रशासन वा न्यायिक निकायले तत् सम्बन्धमा हेर्ने गरी क्षेत्राधिकार दिएर बेग्लै व्यवस्था गर्न सकिन्थ्यो र सकिन्छ । तर “बाबुको पहिचान हुन नसकेको” विषयलाई आम नियम बनाउनु घातक हुन्छ । “स्वघोषणा”को आधारमा “बाबुको पहिचान हुन नसकेको” भनेको आधारमा बंशजको नागरिकता दिनाले गैर नेपालीका सन्तानले नेपालको बंशजको नागरिकता दिने बाटो खोलेर मुलुकको राष्ट्रियता माथि गम्भीर आँच पुराउने काम भएको छ ।
नेपालको नागरिकता सम्बन्धी नीति थप खुकुलो बनाउन भारतीय साम्राज्यवादले लगातार नेपालमाथि दबाब दिंदै आएको छ । नेपालको राजनीतिक सङ्कटको फाइदा उठाएर भारतले ओलीलाई प्रयोग गरेर गैह्र नेपालीहरुलाई नागरिकता प्राप्त गर्न बाटो अध्यादेशद्वारा खोल्न सफल भएको छ । हामीले शुरुदेखि नै भन्दै आएका थियौँ कि प्रतिगमन लाद्नका लागि भारतले ओलीलाई गरिरहेको समर्थन उधारो नभएर त्यसको गम्भीर मूल्य नेपालले चुकाउनु पर्ने छ । आखिर आज त्यही भएको छ ।
विगतमा विभिन्न गृहमन्त्रीहरुले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई बंशजको नागरिकता दिन भनेर मातहत कार्यालयलाई गरिएको परिपत्रका कारण छोटो समयमा पनि पूर्वी तराइमा लाखौँले त्यस प्रकारको नागरिकता लिन सफल भएका थिए । यद्यपि पछि सर्वोच्च अदालतले उक्त निर्णयलाई खारेज गरेको थियो । अहिले झन अध्यादेश मार्फत् लाखौँले बंशजको नागरिकता प्राप्त गर्ने छन् । जसको परिणामस्वरुप राज्यको मुख्य कार्यकारी पदमा पुग्न विदेशीका सन्तानहरु सफल हुनेछन् । भारतको त्यही उद्देश्य पुरा गर्न अस्वीकार गरेका कारण नेपालमाथि भारतले ५÷५ महिना नाकाबन्दी समेत गरेको थियो । ओलीले भारतीय स्वार्थलाई पूरा गरेर देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति गम्भीर विश्वासघात गरेका छन् ।
प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेका छन् । नागरिकता सम्बन्धी राष्ट्रघाती अध्यादेशले मुलुकलाई दीर्घकालीन रुपमा व्यापक र गम्भीर असर पु¥याउने भएकोले यसको खारेजी हुनुपर्छ । साथै अध्यादेशको खारेजीका लागि सवै संर्घष्मा उत्रनुको विकल्प छैन ।
विरोधमा उत्रनु पर्दछ ।
















‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
नेपाल बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे धारणा तय गर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया