एमालेले विपक्षी गठबन्धनमा लागेका थप १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग्याे
काठमाडाैं । नेकपा (एमाले)ले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने थप १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग गरेकाे छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग गरेकाे हाे ।
विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।
एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित विघटित संसदका ११ जना सांसद्लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ ।
पार्टीबाट निष्कासित हुनेमा उपाध्यक्ष भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन् । खनाल, नेपाल र रावलबाहेक अन्य विघटित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसद हुन् ।
शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल, खनाल, रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे । पार्टी संस्थापन पक्षले साेधेकाे स्पष्टीकरण उनीहरूले बहिस्कार गरेका थिए । उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे ।



















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया