भारतीय भेरियेन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोप प्रभावकारी

काठमाडौं । अमेरिकाको फाइजर र अक्स्फोर्ड एस्ट्राजेनेकाको उत्पादन गरेको खोप भारतमा उत्पन्न भेरियेन्ट विरुद्ध उच्च रुपमा प्रभावकारी रहेको नयाँ अध्ययनले देखाएको छ । यी खोपहरुको दुई डोज लगाएपछि त्यसले भेरियेन्ट विरुद्ध काम गर्न सक्ने नयाँ अध्ययनले देखाएको हो ।
‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ का अनुसार ती खोपको प्रयोग गर्नुले संक्रमितलाई गम्भीर बिरामी भई अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाउने देखाएको छ । बेलायती स्वास्थ्य सचिव म्याट हेनककले खोपले नै महामारीबाट सबैलाई बाहिर निकाल्न सक्ने बताउँछन् । यसमा खोपको दुवै डोज लगाउन महत्वपूर्ण भएको बताए ।
अमेरिकाको फाइजर खोप, दोस्रो डोजको दुई हप्तापछि भारतीय भेरियेन्टबाट उत्पन्न लक्षणजन्य रोग विरुद्ध ८८ प्रतिशत प्रभावकारी मानिएको छ । यता बेलायतमा फेला परेको भेरियेन्टबाट चाहिँ यसले ९३ प्रतिशत सुरक्षा दिलाउने बताइएको छ ।
त्यस्तै एस्ट्राजेनेका खोप पनि भारतीय भेरियेन्ट विरुद्ध ६० प्रतिशत प्रभावकारी पुष्टि भएको छ । पीएचइका अनुसार एस्ट्राजेनेका खोपलाई अधिकतम प्रभावकारीताको बिन्दुसम्म पुग्न केही लामो समय लाग्ने गर्दछ । नयाँ भेरियेन्टले खोपलाई छल्न सक्ने क्षमता थोरै स्तरमा वृद्धि हुनुले पनि यसको संक्रमकता सम्बन्धी ठूलो चिन्ता उत्पन्न गराएको छ ।
नेपालमा पनि पछिल्ला समय भारतिय भेरियेन्ट तिब्र रुपमा फैलिएको छ । जसले गर्दा सिकिस्त हुने बिरामीको संख्यामा पनि बृद्धि भएको बिज्ञहरु बताउँछन् । बिबिसी













जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया