आईसोलेशन वार्ड बनाउन स्वास्थ्य सामाग्री सहयोग

नुवाकोट । कोभिड नियन्त्रणका लागि पञ्चकन्या गाँउ पालिकाले बनाउन लागेको आइसोलेशन केन्द्रका लागि स्बावलम्बन विकास केन्द्रले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । केन्द्रले माल्टेजर इन्टरनेशनलको सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । ग्रामीण स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक साधुराम सापकोटाका अनुसार, गाउँपालिकाले माग गरेको आधारमा केन्द्रले दुई चरणमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
जेठ ५ गते पहिलो चरणमा र जेष्ठ १० गते दोस्रो चरणमा स्वाबलम्वन विकास केन्द्रले गाँउपालिकालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । पल्स अक्सिमिटर १० थान, पीपीइ सेट ३० थान, ईक्जामिनेशन ग्वोब्स ३० थान, प्याटेण्ट मोनिटर ३ थान,सेनिटाईजर ५० लिटर, भिटि एम ५०० पिस, एण्टिजिन किड्स २०० पिस, सर्जिकल मास्क ३ हजार पिस, सोडिएम हाईड्रोक्लोराईड ५० लिटर, अक्सिजन कन्सन्टेटर ५ थान र अक्सिजन सिलिन्डर फ्लोमिटर ७ थान गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमका वीच गाउपालिका अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,कार्यक्रम तथा योजना अधिकृत र स्वास्थ शाखा प्रमुखको उपस्थितिमा हस्तान्तरण गरिएको स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक सापकोटाले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तेज ब तामाङ (रमेश) ले स्वाबलम्बन बिकास केन्द्रले गाँउपालिकालाई अप्ठ्यारो अवस्थामा सहयोग गर्ने गरेको स्मरण गरे । उनले भुकम्प पछिको पुनर्निर्माण ,कोभिडको पहिलो भेरिएण्ट र अहिले दोश्रो भेरिएण्टमा सस्थाले गरेको सहयोगप्रति आभार ब्यक्त गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत नरेस पुडासैनिले स्वाबलम्वन विकास केन्द्य्रले गरेको सहयोगले कोभिडको विरुद्ध लडनको लागि गाउपालिका लाई थप बल मिलेको बताएका थिए ।













छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया