आईसोलेशन वार्ड बनाउन स्वास्थ्य सामाग्री सहयोग

नुवाकोट । कोभिड नियन्त्रणका लागि पञ्चकन्या गाँउ पालिकाले बनाउन लागेको आइसोलेशन केन्द्रका लागि स्बावलम्बन विकास केन्द्रले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । केन्द्रले माल्टेजर इन्टरनेशनलको सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । ग्रामीण स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक साधुराम सापकोटाका अनुसार, गाउँपालिकाले माग गरेको आधारमा केन्द्रले दुई चरणमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
जेठ ५ गते पहिलो चरणमा र जेष्ठ १० गते दोस्रो चरणमा स्वाबलम्वन विकास केन्द्रले गाँउपालिकालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । पल्स अक्सिमिटर १० थान, पीपीइ सेट ३० थान, ईक्जामिनेशन ग्वोब्स ३० थान, प्याटेण्ट मोनिटर ३ थान,सेनिटाईजर ५० लिटर, भिटि एम ५०० पिस, एण्टिजिन किड्स २०० पिस, सर्जिकल मास्क ३ हजार पिस, सोडिएम हाईड्रोक्लोराईड ५० लिटर, अक्सिजन कन्सन्टेटर ५ थान र अक्सिजन सिलिन्डर फ्लोमिटर ७ थान गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमका वीच गाउपालिका अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,कार्यक्रम तथा योजना अधिकृत र स्वास्थ शाखा प्रमुखको उपस्थितिमा हस्तान्तरण गरिएको स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक सापकोटाले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तेज ब तामाङ (रमेश) ले स्वाबलम्बन बिकास केन्द्रले गाँउपालिकालाई अप्ठ्यारो अवस्थामा सहयोग गर्ने गरेको स्मरण गरे । उनले भुकम्प पछिको पुनर्निर्माण ,कोभिडको पहिलो भेरिएण्ट र अहिले दोश्रो भेरिएण्टमा सस्थाले गरेको सहयोगप्रति आभार ब्यक्त गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत नरेस पुडासैनिले स्वाबलम्वन विकास केन्द्य्रले गरेको सहयोगले कोभिडको विरुद्ध लडनको लागि गाउपालिका लाई थप बल मिलेको बताएका थिए ।
















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया