सुदूरपश्चिम प्रदेशमा ओली अल्पमतमा, नेपाल पक्षले के गर्लान् ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेमा केन्द्रदेखि तरङ्ग पैदा भएको अवस्था बस्ने लागेको आजको बैठकलाई चासोका साथ हेरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।
प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये माधव कुमार नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि औपचारिक रूपमा पार्टी विभाजनको दिशामा अघि बढेको छ ।
बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार निरन्तर हुनेछ । तर, पार्टीको निर्देशन पालन नगरे प्रदेश सभा सदस्यलाई कारबाही गर्ने ओली पक्षले चेतावनी दिइसकेको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया