एनआरएनए युएईद्वारा खाद्यान्न सहयोग हस्तान्तरण

युएई । एनआरएनए युएईले युएईमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग कार्यलाई निरन्तरता दिएको छ । गत जेठ ७ मा अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न सहयोग गरे लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको छ ।
अलएनको एक निर्माण कम्पनीको मालिक फरार भएका कारण बिचल्लीमा परेका ५ नेपाली कामदार, अबुदाबीको मुसाफामा रहेका एक समस्याग्रस्त सेक्युरिटी कम्पनीका ६ जना गार्डहरु र दुबईको सोही सेक्युरिटीकम्पनीका २ जना र एक जना भिजिट भिसामा अबुधाबीको लाइफलाइन एरियामा रहेका नेपालीलाई सहयोग वितरण गरिएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मिडिया टास्क फोर्स सदस्य रामप्रसाद ढुंगेलले बताए ।
आइसिसी मिडिया टास्क फोर्स सदस्य ढुंगेलको समेत उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा लाभान्वितहरुले एनआरएनए युएईसमक्ष नेपाल फर्कन समेत सहयोग गर्न आग्रह गरेका थिए । पीडित नेपाली कामदारहरुले एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएको र काम गरेको ५/६ महिनाको तलब समेत नपाएको समस्याहरु एनआरएनए युएईसमक्ष राखेका थिए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयाेजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत जेठ १० र ११ गते राहत स्वरूप खाद्यान्न वितरण गरिएको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले जानकारी दिए ।
गत जेठ ७ गते अबुधाबीको मफरकमा समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा गर्दै नेपाली दूतावास अबुधाबी पुगेपछि एनआरएनए युएईले ८० जनालाई कम्तीमा १ महिनालाई खान पुग्ने चामल, दाल, तेललगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिए ।
दूतावासमार्फत सूचना आएलगत्तै एनआरएनए युएईको एक टोलीले जेठ ७ गते राती ११ बजे वितरण गरिएको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताए । राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दु:खमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिए ।
छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले बताए । युएईमा काम गर्ने सिलसिलामा श्रमसम्बन्धी कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छविस्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ ।
प्रतिक्रिया