पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

इस्लामावाद । पाकिस्तानमा भोलि बिहीबारदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ । कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।
पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । सामाजिक सञ्जाल ट्वटरमार्फत उनले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् ।
“एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उनले ट्वीटरमा लेखेका छन् । खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने छ । खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया