आजको राशिफल : ज्येष्ठ १३ गते बिहीबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १३ गते बिहीबार, ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
पेशागत जीवनको अवस्था भने सामान्य नै रहने छ । आम्दानीमा बृद्धि नभए पनि सामान्य रहने छ । मनमा उदासिनता निरन्तर रहने छ । अरु भन्दा आफू कमजोर भएको महशुस हुने छ । बोलीमा रुखोपना बृद्धि हुने भएकाले यसबारेमा संयमित रहनु होला । पानीजन्य समस्या उत्पन्न हुने जाने छ । चिसोले सताउने भएकाले सतर्क रहनु होला ।
वृष
आम्दानीमा हल्का बृद्धि हुने छ । आत्माबल सहित ब्यक्तित्वमा दृढता आउने छ । यसले गर्दा समस्याहरुसँग जुध्न तागत प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने नसोचिएका समस्याहरु देखा पर्ने छन् ।साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । काम गरेको ठाउँबाट पारिश्रमिक, तलब तथा ज्याला प्राप्त हुनमा जटिलता देखा पर्ने छ । रिस छिटो–छिटो उठ्ने भएकाले यसबारेमा संयमित रहनु नै उचित हुने छ ।
मिथुन
समय अलि प्रतिकुल रहेकाले संयम रहनु होला । साझेदारीमा गरिएका कामहरुमा भने केही सफलता मिल्ने भएकाले राहत प्राप्त हुने छ । भाग्यको साथ नहुनाले बिलम्ब पछि मात्र काममा सफलता प्राप्त हुने छ । मनमा दुविधा भइरहने छ । यो गरौँ कि त्यो गरौँ हुन जाने छ । पेशागत जीवनमा संघर्षपूर्ण अवस्था आउने छ ।
कर्कट
पैतृक सम्पत्ति वा आफैले यसअघि कमाएर राखेको सम्पत्तिले कठिनाईका बेला साथ दिने छ । भित्रि बुद्धि र चुतु¥याईँमा बृद्धि हुने भएकाले चतुरखाले ब्यक्तित्व हुने छ । परिवारको साथ तथा सद्भाव हुने भएकाले मनमा सहजता हुने छ । देखिएका समस्यासँग जुध्न तागत मिल्ने छ । पेशागत जीवनमा भने केही उतारचढाव देखा पर्ने भएकाले पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला ।
सिंह
साझेदारीमा गरिएका कामहरुमा बिबाद अस्वाभाविक चर्किने छ । धन सम्पत्तिसँग जोडिएका केही विषयहरुले भने केही तनाब बढाई दिने छ । फसेको धन फिर्ता हुने वा हात पर्ने छ । आम्दानीमा पनि केही बृद्धि हुन पुग्दा मनमा उत्साह बृद्धि हुने छ । आफ्नो पेशाप्रति कटिबद्ध र प्रतिबद्ध हुने स्वाभाव भएकाले पेशागत जीवनमा महत्व बढ्ने छ । दाम्पत्य जीवनमा भने केही बिबाद तथा कटुताहरु देखा पर्न जाने भएकाले बादबिबादमा नजानु होला ।
कन्या
धन सम्पत्तिमा केही बृद्धि नै हुने छ । नचाहँदा नचाहँदै पनि छोटो यात्रामा निस्कनै पर्ने बाध्यता आइ पर्ने छ । भाग्य बलियो भएकाले परिस्थिति धेरै कठिन बन्ने छैन् । जसका कारण कठिन कठिन क्षणहरुमा पनि उपाय निस्किने छ । पेशागत जीवनमा झैझगडा तथा विवाद निम्तिने भएकाले सहकर्मीहरुसँग संयमित रहेर मात्र ब्यवहार गर्दा ठिक हुने छ । तर आन्तरिक चतुरतामा बृद्धि हुने भएकाले समस्यालाई सम्बोधन गर्न सहज हुने छ ।
तुला
राखेका लक्ष्यहरु पुरा हुन कठिन हुन जाँदा केही हिनताबोध जस्तो आभाष हुने भएकाले त्यसलाई सहज ढंगबाट लिनु होला । पेशागत जीवन सामान्य ढंगबाट अघि बढ्ने छ । पेशा ब्यवसायबाट धनमा केही बृद्धि समेत हुन पुग्ने छ । परिवारप्रति समर्पित भएर काम गर्ने स्वाभावमा बृद्धि हुने छ । बोलीको प्रभाव नकारात्मक बन्न पुग्ने भएकाले यसबारेमा ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा साझेदारहरुका बीच गमम्भीरखाले मतभेद देखा पर्ने छ ।
वृश्चिक
मनोबलमा भने निकै कमि देखिने छ । शारीरमा अत्यन्त थकार्य महशुस हुने छ । मनमा भने केही दृढता आउने भएकाले त्यसका आधारमा परिस्थिति संहाल्न केही मद्दत पुग्ने छ । भाग्यको साथ रहेकाले गर्न खोजिएका कामहरुमा प्रगति हुने छ । मनमा देखा पर्ने दृढताका कारण अरुले तपाईप्रति अनावश्यक अडान लिने ब्यक्तिका रुपमा चित्रण गर्ने भएकाले यसबारे ध्यान दिनु होला ।
धनु
प्रतिष्पर्धात्मक स्वाभाव बलियो हुने भएकाले परिस्थिति काबु भन्दा बाहिर जाने छैन् । साझेदारीमा गरिएका कामहरुमा गम्भीरखाले झैझडा उत्पन्न हुने छ । यसबारेमा धैर्यतापूर्वक कदम चाल्नु होला । चिन्ता नै नलिनु पर्ने विषयमा मनमा निरन्तर चिन्ता लागि रहने छ । खासगरी भविष्यप्रतिका विषयमा वर्तमानमा अत्याधिक चिन्ताले सताउने भएकाले वर्तमानमा जीउने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा झैझडा हुने छ ।
मकर
प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुने छ । आफैद्वारा संचित गरेको राखेको धनले कठिनाईका बेला काम दिने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा आम्दानीमा राम्रो बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुबाट नतिजा आउन थाल्ने छ । रिस धेरै उठ्ने भएकाले अरुले तपाई प्रति निकै रिसाह ब्यक्ति रहेको छवी कायम हुन जाने छ । अध्ययन अध्यापनमा भने विभिन्न खाले अवरोध आउने छन् । पेशागत जीवनमा पनि केही कठिनाईहरु आउने भएकाले संयम रहनु होला ।
कुम्भ
अनावश्यक द्वन्द र बिबादमा होमिनु पर्ने भएकाले यसबाट बच्ने प्रयास गर्नु नै वाञ्छनीय हुने छ । दृढताको कमि हुने भएकाले अरुले हेर्दा लुलो ब्यक्तित्व देखा पर्ने छ । सर सापटी तथा लेनदेन वा कारोवारका विषयमा झैझगडा हुने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला । पेशागत जीवनमा पनि बादबिबाद देखा पर्न जाने छ । त्यसैले आफ्ना बोससँगको सम्बन्धमा विशेष ध्यान दिनु होला ।
मीन
मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने भएता पनि पेशागत जीवनमा उचित मुल्यांकन नहुँदा समस्याहरु देखा पर्न जाने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । ब्यक्तित्वमा अस्थिरता देखा पर्न जाने भएकाले अरुले गरिराखेको विश्वासमा कमि आउने हुँदा विचार गरेर मात्र व्यवहार गर्ने गर्नु होला । भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्या समाधानमा केही मद्दत पुग्ने छ । मनमा सन्तोष प्राप्त हुने छैन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया