पार्टी एकतालाई जोगाउन हाम्रोतर्फबाट अन्तिमसम्म प्रयत्न रहनेछ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता कायम राख्न अन्तिमसम्म प्रयत्न गर्ने बताएका छन् । पार्टी फुटको संघारमा अघि बढेका बेला नेता विष्टले नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ मा फर्काउन इमान्दार प्रयत्न गर्ने बताएका हुन् ।
“नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रोतर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।
माधवकुमार नेपाल,झलनाथ खनाल,सहित ११ जना नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरिसकेको छ । तर दोस्रो पुस्ताका नेताहरू भने अझै पार्टी एकता बचाउनुपर्ने बताउँदै आएका छन् ।














बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया