‘युकेजी र रमेश अंकलको छोरो’ ले विश्वकै अग्लो स्थानमा कमेडी गरेर विश्व कीर्तिमान

काठमाडौं । संसारकै अग्लो सगरमाथाको आधारशिविर कालापत्थरमा कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राखेका छन् ।
‘नेप्ग्याजम कमेडी’ समूहका संस्थापकद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो) ले विश्व रेकर्ड राखेका हुन् । गौतम र त्रितालले सगरमाथाको आधारशिविर कालापत्थरको ५ हजार ३ सय २ मिटर उचाईंमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमानी राखेका हुन् । इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले राखेको रेकर्ड उनीहरुले तोडेका छन् ।
कलाकारद्वय गौतम र त्रितालले ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारा दिएर गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएका थिए ।
नेप्ग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले तीस–तीस मिनेटका दुईवटा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरेका थिए ।

यसअघि पाउलोले सन् २०१९ को २५ अप्रिल मा सगरमाथा आधार शिविरको ५ हजार २७० मिटरको उचाईंमा स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेका थिए । नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्रले कोरोना महामारीबीच नेपालीलाई खुशी दिलाउने हाम्रो यो प्रयास सफल भएको बताए ।
नेप्ग्याजमका संस्थापक मध्येका एक रुपेश श्रेष्ठले आफ्ना सब्सक्राइबर, दर्शक तथा श्रोताहरुको माया तथा हौसलाका कारण विश्व स्ट्याण्ड–अपको जगमा नेपाली स्ट्याण्ड–अप कमेडी चिनिने मौका पाएको बताए ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया