सोमबार, वैशाख ७, २०८३

भेरी अस्पतालका डाक्टर र नर्समाथि सांघातिक हमला गर्नेलाई कारबाही गर्न प्रचण्डको माग

मेरोन्यूज २०७८ जेठ १४ गते १०:२४

काठमाडौं । कोरोना महामारीको समयमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खट्टिएका चिकित्सक र स्वास्थ्यकर्मी माथि नै आक्रमण भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेद प्रकट गरेका छन् । भेरी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्युपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सामाजिक सञ्जालमा सांघातिक हमला गर्ने जो कोही भएपनि कानुनी कारवाही गर्न माग गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

“नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ। हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ,” उनले लेखेका छन् ।

प्रतिक्रिया