अर्थमन्त्रीनिकट नेता रावतले गरे कोभिड अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण

काठमाडौं । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङका नेता मन बहादुर राउतसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेता राउतसहित दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको हो । लुम्बिनी प्रदेश कमिटी सदस्य तथा अर्थमन्त्री विष्णु पाैडेलनिकट दाङका नेता रहेका राउतकै नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्य राति आक्रमण गरेको बताइएको छ ।
बिहीबार कोरोना संक्रमित ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्समाथि आक्रमण गरेका थिए ।
कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एक तला माथिबाट हामफालेर ज्यान बचाएका थिए । अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् ।
उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया