शनिबार, फागुन १६, २०८२

बर्मेली शरणार्थीलाई सहयोग जुटाउदै होप फर हुम्यानिटी नेपाल

मेरोन्यूज २०७८ जेठ १४ गते १५:४७

काठमाडौं । कोरोना भाईरसको बढ्दो संक्रमण र यसको तिव्रताका कारण यतिबेला देशका अधिकासं जिल्लाहरु निशेधित छन् । कोरोनाको रोकथाम तथा न्युनिकरणका लागि गरिएको निषेधाज्ञाका कारण जनताले सास्ति भोग्नु परेको छ । निषेधाज्ञाका कारण मानिसहरुलाई दैनिक उपभोग्य बस्तुहरु प्राप्तिका लागि हम्मेहम्मे परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोनाको यस्तो विषम परिस्थिमा सहयोगि हातहरुको काम पनि उल्लेख्निय नै छ । विभिन्न अभियान्ता र संघसंस्थाहरुको जमातमा एक संस्था हो होप फर ह्युम्यानिटी नेपाल जसले महाव्याधिको समयमा बर्मेली शरणार्थीहरुलाई सहयोग जुटाउदै आएको छ ।

विभिन्न सामाजिक सेवामा सक्रिय रहेको सामाजिक संस्था होप फर ह्युम्यानिटी नेपालले विगत केही समय अभघिदेखि नै बर्मेली शरणर्थीहरुलाई सहयोग गर्दै आएको बताईएको छ ।

होप फर ह्युम्यानिटी नेपालकी सदस्य एलिसा पोखरेलका अनुसार गत जेठ कपनस्थित १० गतेमात्रै क्यामप १ मा ८१ र क्यामप २ मा ८८ परिवार गरि लगभग ३०० सय भन्दा बढी व्यक्तिलाई खाद्ययान्न सहयोग गरेको हो । यो भन्दा अगाडी समेत ४०० जनालाई खाद्यान्न सहयोग गरेको हो । उनले भनिन्, ‘वहाँहरूका लागि खाद्यान्न सहयोग गरेका छौं।

उक्त खाद्यान्न सहयोगमा अमन अन्सारी ज्यु र वहाँको टिमले हामीलाई सहयोग पुर्याउनु भएको थियो। यो होप फर हुम्यानिटि नेपाल द्वारा विभिन्न संघ संस्था सँगको सहकार्यमा चौथो पटकको राहत वितरण गरिएको हो।’

यस्तै होप फर हुम्यानिटी नेपालले वेवारिसे अवस्थामा कंलकी मन्दिर परिसरमा भेटिएका गोरखा घर बताउने प्रमिला भट्टलाई उद्वार गरिएको छ।

गत वैशाख २३ गतेका दिन गाडिको ठक्करबाट घाइते भएकी प्रमिला भट्टलाई होप फर हुमेयानिटी नेपालको अगुवाईमा मानव सेवा आश्रममा संरक्षण गराउन सफल भएको हो ।

होप फर ह्युम्यानिटी नेपालले महामारिको समयमा सकेको काम गर्ने प्रतिवद्धता गर्दै साथै अन्य सहयोगी मनहरुलाई समेत आफुले सकेको स्थानबाट सहयोग र साथको अपिल गरेको छ ।

प्रतिक्रिया