स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जनाविरुद्ध किटानी जाहेरी
मेरोन्यूज
२०७८ जेठ १४ गते १७:५०

काठमाडौं । बाँके नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
भेरी अस्पतालले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटि सदस्य मानबहादुर रावत सहित लोकबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी गरेको हो ।
अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाद्धारा प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका उनीहरु विरुद्ध किटानी जाहेरी दिएको जानकारी दिएको छ ।
अस्पतालले घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी कारवाही गर्न समेत माग गरेको छ । आरोपित मध्ये मानबहादुर रावत लम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल र अर्थमन्त्री विष्णु पौड्यालका विशेषपात्र रहेको पाईएको छ ।

सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया