आइतबार, चैत ८, २०८२

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनः गठन, ३ मन्त्रीद्वारा राजीनामा, ९ नियुक्त

११ सदस्यीय मन्त्रिमण्डलमा ५ महिला

मेरोन्यूज २०७८ जेठ १४ गते १८:५६

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले मन्त्रिमण्डल पुनः गठन गरेका छन् । सरकारलाई समर्थन गरेकाे नेकपा (एमाले) भित्र विवाद बढिरहेका बेला उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

भट्टले शुक्रबार ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका छन् । यसअघि उनकाे क्याविनेटमा रहेकाे तीन मन्त्रीले राजीनामा गरेका थिए । आर्थिक मामिला मन्त्रीमा प्रकाशबहादुर शाह, भाैतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर साेडारी, उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनितादेवी चाैधरी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जाेशी नियुक्त भएका छन् ।

यस्तै भाैतिक पूवार्धार विकास राज्यमन्त्रीमा चुनकुमारी चाैधरी, सामाजिक विकास राज्यमन्त्रीमा मुनाकुमारी साउँद, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार नियुक्त भएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ ।

११ सदस्यीय मन्त्रिमण्डलमा ५ महिला रहेका छन् ।

प्रतिक्रिया