बिजुलीको जडित क्षमता १५ सय मेगावाट

काठमाडाैं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणानुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कूल जडित क्षमता एक हजार ४५८ मेगावाट पुगेको छ ।
यो गत वर्षका तुलनामा ४.१ प्रतिशतले बढी हो । यस्तै प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।
त्यसैगरी २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित आठ हजार ५८२ किलोमिटर र कच्ची सडक नौ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ ।
यस्तै सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पुर्याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ । आर्थिक सर्वेक्षणानुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ ।
काठमाडौँको ऐतिहासिक धरोहरका धरहरा, रानीपोखरी र दरबार हाइस्कूललगायत महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया