लुम्बिनी प्रदेशमा मौन अवधी सुरु
मेरोन्यूज
२०७८ जेठ १५ गते ७:०५

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आसन्न उपनिर्वाचनको मौन अवधी सुरु भएको छ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गरी गएराती १२ बजेबाट मौन अवधी सुरु भएको जनाएको हो । मौन अवधीको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने उल्लेख छ ।
यस्तै मौन अवधी सुरु हुनभन्दा अगाडी मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचा सामाग्री हटाएको हुनुपर्ने छ ।
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न प्रचारप्रसार गर्न नपाईने आयोगले जनाएको छ ।
आफु निर्वाचित दल माओवादी केन्द्र त्याग गरी चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि सो पद रिक्त भएको हो । रिक्त भएको स्थानमा पूर्ति गर्न पर्सी सोमबार उपनिर्वाचन हुन लागेको हो ।
सम्बन्धित


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया