कांग्रेस १४ औं महाधिवेशन
उदघाटन हुन ८५ दिन बाँकी रहँदा अझै थपिँदैछ सदस्यता इन्ट्रीको समय
पार्टी कतै कोल्याप्स त हुने होइन ? चिन्तामा देखिन्छन्, कांग्रेसका नेता-कार्यकर्ता

काठमाडौँ । आगामी भदौ १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यात्मक अवस्थामा नेपाली कांग्रेस छ । उसले भदौ ७ देखि १० गतेसम्म महाधिवेशनको मिति कार्यतालिकासहित तोकेको छ । तर, महाधिवेशनको प्रक्रिया पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गर्न नसकेकाले नेता कार्यकर्ता कतै संविधानमा उल्लेखित भएको समयभित्र महाधिवेशन नभई पार्टी कोल्याप्स त हुने होइन भन्ने चिन्तामा छन् ।
नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।
कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएकाले पार्टी कोल्याप्स हुन नदिन आगामी भदौ १९ गतेसम्म महाधिवेशन गर्नै पर्ने बाध्यता छ ।
तर, अहिलेसम्म महाधिवेशनका लागि भएका तयारी हेर्दा उक्त समयसिमाभित्र हुनेजस्तो छाटकाँट देखिन्न । महाधिवेशनको कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले १७ जेठमा सदस्यताको फाइल सभापति शेरबहादुर देउवालाई दिने उल्लेख थियो । तर, त्यो समयको तीन दिन अगाडिमात्र शुक्रबार बसेको क्रियाशील सदस्यता छानबिन समिति बैठकले सदस्यता पार्टी कार्यालयको सर्भरमा इन्ट्री गर्ने समय १० दिन थप्ने निर्णय गरेको छ । साथै सदस्यता छानबिनका लागि मापदण्ड बनाउन छलफल अघि बढाएको छ ।
छानबिन समिति सदस्य प्रदीप पौडेलले पार्टी सर्भरमा इन्ट्री हुन बाँकी सदस्यता इन्ट्री गर्न १० दिन समय थप्ने र छानबिनको मापदण्ड बनाउन छलफल गर्ने तयारी भएको जानकारी दिए । पौडेलका अनुसार इन्ट्रीका लागि आजैबाट समय सुरु गर्ने तयारी भइरहेको छ । यसअघि १५ बैशाखबाट सदस्यता सर्भरमा इन्ट्री गर्न रोकिएको थियो ।
१० लाख सदस्यता पुरयाउने निर्णय गरेको कांग्रेसका चार लाख सदस्यको नाम मात्रै छानबिन समितिले सार्वजनिक गरेको छ । विवादका कारण सर्भरमा इन्ट्री भएका तीन लाख ५५ हजार सदस्यको नामावली सार्वजनिक गरिएको छैन । अझै १० लाख पुरयाउन दुई लाख ४५ हजार सदस्यता इन्ट्री गर्न नै बाँकी हुन्छ ।
सदस्यतामा नै लफडा देखिएकाले अर्को चरण प्रवेश गर्ने कहिले हो भन्नेमा नेताहरू अन्यौलमा छन् । ‘अहिले तय भएको कार्यातालिका अनुरुप काम अघि बढ्ने कुनै आधार नदेखिएकाले आन्तरिक कार्यतालिका खुम्च्याएर भए पनि अहिले तोकिएको समयमा महाधिवेशन गर्नै पर्ने बाध्यतामा हामी छौं । पार्टीलाई कोल्याप्स हुन दिन्नौ,’ एक नेताले भने ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया