एमालेले सोध्यो सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई स्पष्टीकरण

काठमाडौँ। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई स्पष्टीकरण सोधेका छन् ।
यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा शुक्रबार नियुक्त भएका दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि निर्वतमान तीन मन्त्रीलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणको चित्तबुझदो नआएको भन्दै उनीहरुलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाले जानकारी गराएका थिए । उनीहरुलाई एमालेको स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध प्रदेश सरकारमा मन्त्री भएको आरोप लग्दै आएको छ ।












Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया