एमालेले सोध्यो सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई स्पष्टीकरण

काठमाडौँ। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई स्पष्टीकरण सोधेका छन् ।
यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा शुक्रबार नियुक्त भएका दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि निर्वतमान तीन मन्त्रीलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणको चित्तबुझदो नआएको भन्दै उनीहरुलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाले जानकारी गराएका थिए । उनीहरुलाई एमालेको स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध प्रदेश सरकारमा मन्त्री भएको आरोप लग्दै आएको छ ।


















एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया