आइतबार, चैत ८, २०८२

महन्थ ठाकुरलाई पून: उपेन्द्रको २४ घण्टे स्पष्टीकरण

मेरोन्यूज २०७८ जेठ १५ गते १४:३०

काठमाडौं । जनता समाजवादी पार्टीभित्र एक अर्काे पक्षमाथीको स्पष्टीकरण प्रकरण अझै रोकिएको छैन । अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहितका ४ नेतालाई पूनः दोस्रो पटक स्पष्टिकरण सोधेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि गत जेठ ११ गते सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि पुनः स्पष्टीकरण सोधिएको उपेन्द्र पक्षका नेता प्रकाश अधिकारीले जनाएका छन् ।

उपेन्द्र पक्षले यस अगाडी महन्थ सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोधेको थियो ।

तीन दिन म्याद राखेर स्पष्टीकरण सोधेपनि जवाफ नआएपछि फेरि २४ घण्टे स्पष्टीकरण यादव पक्षले सोधकेो हो ।

उनीहरुलाई केपी ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगमनकारी कदमलाई किन साथ दिएको, पार्टीभित्र गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको, छुट्टै कार्यालय किन सञ्चालन गरेको, पार्टीको निर्णय बिना राष्ट्रपतिलाई किन पत्र लेखेको, राजेन्द्र महतोलाई किन संसदीय दलको नेता बनाएकोरबनेको लगायतका प्रश्नहरुसहित स्पष्टीकरण सोधिएको थियो।

यादव पक्षले स्पष्टीकरण सोधेपछि महन्थ पक्षले पनि उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको थियो ।
दुवै पक्षमा स्पष्टीकरणको पत्र युद्ध चलिरहेपनि एकले अर्काेपक्षलाई सोधको स्पष्टीकरणको जवाफ कुनै पनि नेताले दिएका छैनन ।

अहिले पूनः सोधिएको स्पष्टीकरणमा भने जवाफ नदिएमा वा चित्तवुझदो जवाफ नआएमा निश्कासनको समेत कारवाही गर्न सकिने उल्लेख गरि पठाईएको छ । पत्रमा भनिएको छ-‘यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो सन्तोषजक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९ (५), ५० (१) र मिति २०७८/२/८ मा भएको निर्णको बुँदा नं= ४ बमोजिम निष्काशन समेतको कारबाही हुनेछ ।’

हेर्नुहोस स्पष्टीकरण पत्र

प्रतिक्रिया