प्रतिनिधिसभा विघटनपछि सिंहदरबारबाट आउँदै बजेट

काठमाडौँ । आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशमार्फत सिंहदरबारबाट आउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले सवा १६ खर्ब रुपैयाँको बजेटको तयारी गरेको हो ।
गत ८ गते बिहान मन्त्रिपरिषद्को निर्णयले प्रतिनिधिसभा विघटन गरेसँगै यस वर्षको बजेट अध्यादेशमार्फत सिंहदरबारबाट आउन लागेको हो । यसअघि वैशाख २७ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिन बसेको विषेश बैठकपछि बाहिरिदै संसद जिउँदो रहेकाले बजेट संसदबाट आउने बताएका थिए ।
आज ४ बजे सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइसकेकी छन् । मन्त्रिपरिषद्को बैठकले बजेट सिफारिस गरी राष्ट्रपतिको कार्यालय शितल निवासमा पठाएको थियो ।
अर्थमन्त्रीका रूपमा पौडेलको यो दोस्रो बजेट हो । पाँच वर्षअघि उनले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएका थिए । त्यसबेला उनी अर्थमन्त्री हुँदा प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेका थिए ।
गत आर्थिक वर्षको भन्दा यसपटक डेढ खर्ब रुपैयाँले बढीको बजेट हुने छ । सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउने तयारी गरेको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया