राष्ट्रपतिले जारी गरिन् बजेट सम्वन्धी तीन अध्यादेश
मेरोन्यूज
२०७८ जेठ १५ गते १५:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आथिर्क वर्ष २०७८/०७९ का लागि सरकारले प्रस्तुत गर्न लागेको बजेट अध्यादेश स्वीकृत गरेकी छिन् । बिहान मन्त्रिपरिषद्को बैठकले बजेटसँग सम्बन्धित रहेर तीन अध्यादेश स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ स्वीकृत गरी जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले वक्तब्य जारी गरेर जनाएका छन् ।

अव केही वेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आएको यो वजेट प्रस्तुत गर्ने छन् ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया