उपेन्द्रलाई महन्थको काउन्टर स्पष्टीकरण
२४ घण्टाभित्र स्पष्टीकरण नवुझाए निश्कासन गरिने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्काै अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर सपष्टीकरण सोधेका छन् । दुई अध्यक्ष दुई धुव्रमा उभएिर एकले अर्काेलाई कारवाहीका लागि स्पष्टिीकरण सोधिरहेका बेला एउटै प्रकृति र एकै समयको स्पष्टीकरणको जुहारी जसपाभित्र चलेको छ ।
उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण गरी ४ जसपाका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधे लगत्तै महन्थ ठाकुरले पनि उपेन्द्रलाई काउन्टरमा २४ घण्टे नै स्पष्टीकरण सोधेका छन् ।
उनले २४ घण्टाभित्र स्पष्टीकरण नवुझाएमा राजनीतिक दल सम्वन्धी ऐन र जसपाको अन्त्रिम विद्यान अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् ।
यस्तै प्रकृतिको स्पष्टीकरण उपेन्द्र पक्षले पनि महन्थ पक्षलाई सोधेको थियो ।
यस अगाडी जेष्ठ ११ गते दुवै पक्षले तीन दिनको म्याद राखेर स्पष्टकिरणको जुहारी गरेका थिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई साथ दिने या फाल्ने भन्नेमा विवाद हुँदा जसपा यतिवेला विभाजनको मुखमा छ ।
अव २४ घण्टाभित्र पनि दुवै पक्षले स्पष्टीकरणको जवाफ नदिएमा एउटा पक्षले अर्काे पक्षलाई कारवाही गर्ने तयारी गरेको छ ।
हेर्नुहोस उपेन्द्रलाई महन्थ्ले सोधेको स्पष्टीकरण

हेर्नुहोस, महन्थ पक्षलाई उपेन्द्र पक्षले सोधेको स्पष्टीकरण


















सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया