मेक इन नेपाल र मेड इन नेपाल अभियान सञ्चालन गरिने
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:४१

काठमाडौं । सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान लाई साथ दिने भएको छ । सो अभियानलाई सरकारकाे कार्यक्रमको रुपमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न स्वदेशी उद्योगलाई बिभिन्न प्रकारका सहुलियत तथा सुविधा उपलब्ध गराइने बताए ।
स्वदेशी वस्तु तथा सेवाको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले मेक इन नेपाल स्वदेशी अभियान सुरु गरेका थिए । यही अभियानलाई साथ दिने गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै मेड इन नेपाल, मेक इन नेपाल अभियान सुरु गरेको हो ।
अर्थमन्त्री पाैडेलले सिमेन्ट, छड फलामलगायत उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको लागि प्रोत्साहन गरिने बताए । स्वदेशमै उत्पादन हुने घरेलु तथा मझौला उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न भर्चुअल ट्रेड सो कार्यक्रमको आयोजना गरिनेसमेत उनले बताए ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया