मेक इन नेपाल र मेड इन नेपाल अभियान सञ्चालन गरिने
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:४१

काठमाडौं । सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान लाई साथ दिने भएको छ । सो अभियानलाई सरकारकाे कार्यक्रमको रुपमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न स्वदेशी उद्योगलाई बिभिन्न प्रकारका सहुलियत तथा सुविधा उपलब्ध गराइने बताए ।
स्वदेशी वस्तु तथा सेवाको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले मेक इन नेपाल स्वदेशी अभियान सुरु गरेका थिए । यही अभियानलाई साथ दिने गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै मेड इन नेपाल, मेक इन नेपाल अभियान सुरु गरेको हो ।
अर्थमन्त्री पाैडेलले सिमेन्ट, छड फलामलगायत उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको लागि प्रोत्साहन गरिने बताए । स्वदेशमै उत्पादन हुने घरेलु तथा मझौला उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न भर्चुअल ट्रेड सो कार्यक्रमको आयोजना गरिनेसमेत उनले बताए ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया