प्रधानमन्त्रीले संसदको विघटन गरी प्रतिगमनलाई अगाडि बढाए : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षले नेपालमा गणतन्त्रण आएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै केसीले विभिन्न जनसंघर्ष र जनआन्दोलनको उपलब्धि गणतन्त्रले भएको बताए ।
उनले नेपालमा गणतन्त्र युगका १३ वर्षमा नेपाली राजनीतिमा अस्थिरताका वर्ष भएको बताएका छन् । नेपालमा संविधान जारी भएर विभिन्न तहका चुनाव भई नयाँ राजनीति प्रक्रियाको थालनी भएपनि नेपाली जनताको चाहना बमोजिम मुलुकले गति लिन नसकेको उनले बताए । केसीले प्रेस वक्तव्य निकाल्दै संसदमा भण्डै दुई तिहाई बहुमत भएको नेकपा विभाजित भएको छ र त्यसको असर देशको सम्पूर्ण राजनीतिमाथि परेको उल्लेख गरेका छन् ।
केसीद्वारा निकालिएको प्रेस वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विघटन गरी प्रतिगमनलाई अगाडि बढाउन पुगेका छन् । संसद पुनस्र्थापना सम्बन्धी सर्वोच्च अदालतले गरेको निर्णयलाई उपेक्षा गर्दै ओलीको पुनः संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक, स्वेच्छाचारी कार्यशैली र कार्यविधिले देशमा प्रतिगमनको स्थितिलाई झन् बलियो बनाउँदै लगेको छ ।”
केसीले भने, “एकातिर, ओली सरकारको त्यो कार्यबाट प्रतिगमनकारी तथा साम्राज्यवादी शक्तिहरु उत्साहित भएका छन् भने अर्कातिर जनताले रगतसँग साटेर हासिल गरेको गणतन्त्र र जनआन्दोलनका अन्य उपलब्धि समाप्त हुने खतरा पैदा भएको छ । यो अवस्थामा नेपाली जनताले अग्रगमनकारी भूमिका खेल्दै स्वेच्छाचारी, असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादका विरुद्ध संघर्ष गर्दै प्रतिगमनविरोधी आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नहुने कुरा स्पष्ट छ ।”
उनले जनशक्तिले नै अग्रमनका विरुद्धमा भएको प्रतिगमनलाई परास्त गर्न सक्ने छ भन्ने कुरामा पूरा विश्वास गरेको बताए ।










जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया