कांग्रेसले बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्दै
दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन
मेरोन्यूज
२०७८ जेठ १७ गते ९:४१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तय भएको विघटित प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ जेठको मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन भएपछि कांग्रेससहितका ५ दलले सर्वोच्च अदालतमा बदरको माग गर्दै रिट दायर गरेका छन् । त्यो रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । तर, सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै विपक्षी ५ गतबन्धनले संयुक्त विरोध जनाइसकेका छन् ।
सम्बन्धित









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
प्रतिक्रिया