हिन्दी फिल्म खेल्न डर लाग्थ्यो : अभिनेत्री सामन्था

काठमाडौँ । दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनीले भारतीय चलचित्र उद्योग (बलिउड)मा काम गर्न डर लाग्ने गरेको बताएकी छन् । हालै भारतीय सञ्चार माध्यममा उनले आफूभित्रको डरले लामो समयसम्म बलिउडमा पाइला राख्ने हिम्मत नगरेको बताएकी हुन् ।
उनले सायद आफ्नो मनमा डर भएको बताएकी छन् । बलिउडका कलाकार निकै प्रतिभशाली छन् । त्यसैले पनि हिम्मत जुटाउन नसकेर खेल्ने समय लागेको उनले प्रतिक्रिया दिएकी छन् ।
तेलुगु र तमिल चलचित्र क्षेत्रमा चिनिएकी अभिनेत्री सामन्था पहिलोपटक बलिउड चलचित्र ‘फेमिली मेन २’ मा देखिँदै छिन् । उनले पहिलोपटक काम गरेको बलिउडको यो चलचित्रको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो ।
ट्रेलरमा सामन्था तमिल विद्रोहीको भूमिकामा देखिएकी छन् । यस चलचित्रमा मनोज बाजपेयी मुख्य भूमिकामा छन् । यही चलचित्रको प्रचारप्रसारमा जुटेकी उनलाई थुप्रै बलिउड चलचित्रबाट अफर आइरहेको जनाएकी छन् । उनले भाषिक समस्याका कारण हिन्दी चलचित्रमा काम गर्ने हिम्मत जुटाउन नसकेको सुनाइन् ।
अभिनेत्री सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन् । उनले बलिउड अभिनेता रणवीर कपुर मन पर्ने बताउँदै उनीसँग अनस्क्रिन रोमान्स गर्ने चाहना रहेको बताएकी छन् । गत वर्ष उनले नागा चैतन्यसँग विवाह गरेकी थिइन् ।
चैतन्यले फेमिली मेन–२ को ट्रेलर हेरेपछि सामन्थाको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ‘लभ इट’ भनेर लेखेका थिए । उनले चलचित्रलाई १० मा १० नै अंक दिएका थिए ।
यसैगरी बलिउड अभिनेत्री कंगना रनौटले पनि सामन्थाको अभियनको प्रशंसा गरेकी छन् । यो चलचित्र यही जुन ४ मा रिलिज हुँदैछ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया